पूर्णबहादुर खड्का भन्छन्- पुस १० मा भत्काइएको गठबन्धन पुनर्स्थापना गरियो, सरकारमा मेरो दाबी छैन

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जाने आफ्नो दाबी नरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

कांग्रेस सरकारमा जाँदा उपसभापति खड्काको नेतृत्वमा जाने चर्चा हुन थालेपछि खड्काले ट्विट गर्दै भनेका छन्, ‘मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगर्दिनुहोस् ।’

साथै उनले पुस १० मा भत्काइएको गठबन्धन पुनर्स्थापित गर्ने संकल्प पूरा गरिएको बताएका छन् । ‘पुस १० गते भत्काइएको गठबन्धनलाई पुनः स्थापना गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ,’ उपसभापति खड्काले अगाडि भनेका छन्, ‘अब मेरो दाबी कुनै कुरामा छैन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री