पल शाहको मुद्दामा आज उच्च अदालत पोखरामा सुनुवाइ हुँदै

काठमाडौँ । अभिनेता पल शाहले जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध सफाइ माग गर्दै उच्च अदालत पोखरामा दिएको रिट निवेदनमा आज सुनुवाइ हुँदैछ ।

नाबालिग बलात्कारको मुद्दामा सफाइ दिए पनि जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोग कसुरमा पलविरुद्ध साढे २ वर्षको कैद सजाय सुनाएको छ । उक्त फैसलाविरुद्ध सफाइ पाउनु पर्ने माग गर्दै पलले उच्च अदालतमा पुनरावेदन दिएका हुन् ।

उता सरकारी वकिलले पनि उनलाई जबर्जस्ती करणी मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै उच्च अदालतमा रिट निवेदन हालेका छन् । आज दुवै निवेदनलाई सँगै राखेर उच्च अदालत पोखराले सुनुवाइ गर्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री