प्रहरीमा ७ हजार २५६ जनालाई जागिरको अवसर (सूचनासहित)

काठमाडाैं । नेपाल प्रहरीले विभिन्न पदमा ७ हजार २ सय ५६ जनाका लागि भर्ना खुलाएको छ । प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक, प्रहरी जवान, कार्यालय सहयोगीलगायत पदमा दरखास्त आह्वान गरिएको हो ।

प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभाग, भर्ना तथा छनोट महाशाखाले सोमबार खुलाएको विज्ञापनमा जनपथतर्फ प्रहरी निरीक्षकमा १०८ जना र प्रहरी सहायक निरीक्षकतर्फ ५ सय २४ जना माग गरिएको छ । सबैभन्दा बढी प्रहरी जवानमा ६ हजार २ सय ४४ जनाका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रहरी कार्यालय सहयोगी (खेलाडी) पदमा ३० जना माग गरिएको छ । जसमा फुटबल, भलिबल, क्रिकेट, तेक्वान्दो, भारोत्तोलन, कँराते, जुडो, एथ्लेटिक्स, बक्सिङ, ब्याडमिन्टन र महिला कबड्डी विधामा मात्र दरखास्त दिन पाइने सूचनामा उल्लेख गरिएको छ ।

यही असोज १८ देखि कात्तिक २९ गतेसम्म दरखास्त फारम बुझाउन सकिनेछ । प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय, रानीपोखरी तथा सातवटै प्रदेश प्रहरी कार्यालयमा फाराम बुझाउने व्यवस्था मिलाइएको छ ।

प्रहरी जवान पदका लागि काठमाडौं, ललितपुर, भक्तपुरसहित सबै जिल्ला प्रहरी कार्यालय तथा प्रदेश प्रहरी कार्यालयमा दरखास्त बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामूहिक छलफलका लागि रविले बोलाए कार्यकर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सार्वजनिक भेटघाट कार्यक्रम राखेका छन् । सभापति …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds