काठमाडाैं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा ‘एमडीआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनी’ विभिन्न कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ।
कम्पनीले फागुन १० देखि १२ गतेसम्म सञ्चालन गरेको उक्त कार्यक्रममा कम्पनीबाट एमडीआरटी २०२३ मा छनौट भएका विजयी अभिकर्ताहरुलाई सम्मान गरेको हो। एमडीआरटी एचिभर्स ग्राण्ड अवार्ड सेरेमोनीको उद्घाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले गरेका हुन्।
तीन दिनसम्म सञ्चालन भएको उक्त कार्यक्रममा अभिकर्ताहरुलाई सम्मान, अन्तराष्ट्रिय प्रशिक्षकद्धारा मोटिभेसनल सेसन एवं विभिन्न रिफ्रेसमेन्ट कार्यक्रमहरु रहेका थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईंले सबैको मिहिनेतले नै सफलता प्राप्त गरी यस्तो उत्सव मनाउन लागिएको बताए। उनका अनुसार दृढ संकल्पले नै कम्पनीको साझा लक्ष्य हासिल गर्न सकिएको हो । यो सफलताको उचाइ आगामी दिनहरुमा पनि अझ उचाइमा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन समूह, प्रदेश प्रमुखहरु, शाखा प्रमुखहरु एवं अभिकर्ताहरु लगायतको उल्लेख्य सहभागिता रहेको कम्पनीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।




