टर्कीमा फेरि लगातार दुई भूकम्प

काठमाडौँ । टर्की-सिरियामा फेरि भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ र ५.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

बीबीसीकाअनुसार ६.४ म्याग्निच्युडको भूकम्पले धेरै भवनमा क्षति पु-याएको र तीन जनाको मृत्यु भएको छ । ६.४ म्याग्निच्युडको भूकम्पले टर्की र सिरियाको सीमावर्ती क्षेत्रमा क्षति पुर्याएको छ भने गत फेब्रुअरी ६ मा गएको भूकम्पले पनि ठूलो क्षति पु-याएको थियो । भूकम्पपछि हालसम्म ३२ वटा पराकम्पन गएको छ ।

टर्कीको प्रकोप एजेन्सीका अनुसार दक्षिणी हाते प्रान्तको समन्दगमा ५.८ म्याग्निच्युडको र अन्टाक्यामा ६.४ म्याग्निच्युडको भूकम्प गएको हो । विगतमा गएको शक्तिशाली भूकम्पका कारण अहिले पनि मानिसहरु त्रासमा छन् । आज ६ दशमलव ४ रेक्टरको भूकम्प गएलगत्तै मानिसहरु घरबाहिर निस्किए र चारैतिर अस्तव्यस्त भएको थियो । यसको केन्द्र टर्कीको अन्टाक्या सहरमा थियो र यसले धेरै भवनमा क्षति पुर्याएको छ । भूकम्पको धक्का इजिप्ट र लेबनानमा पनि महसुस गरिएको थियो ।

फेब्रुअरी ६ मा टर्की–सिरियामा पनि भूकम्प गएको थियो, यो भूकम्पले दुवै देशमा ठूलो क्षति पु¥याएको थियो । भूकम्पका कारण हालसम्म ४५ हजारभन्दा बढीको मृत्यु भइसकेको र यो संख्या दिनानुदिन बढिरहेको छ । ७.८ रेक्टर स्केलको भूकम्पका कारण हजारौं भवन भत्किएका छन् भने लाखौं मानिस फसेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल डिजिटल पेमेन्ट्सको अध्यक्षमा डंगोल नियुक्त

काठमाडौँ । नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त भएकी छन् । गत …

प्रतिकृया दिनुहॊस

This will auto close after