पूर्वमन्त्री डा. मथुराप्रसाद श्रेष्ठको निधन

काठमाडौँ । पूर्वस्वास्थ्यमन्त्री प्रा डा मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि दम र छाती रोगका सङ्क्रमणको उपचारमा रहेका मानवअधिकार क्षेत्रका अगुवा श्रेष्ठको आज बिहान माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको उनका छोरा डा जया श्रेष्ठले जानकारी दिए ।

वामपन्थी बुद्धिजीवी श्रेष्ठ चिकित्सकले समुदायमै गएर उपचार गर्नुपर्छ भन्ने मान्यतालाई अघि बढाएका थिए । विसं २०४६ मा प्रजातन्त्रको पुनर्बाहाली भएपछि बनेको सरकारमा उनी नागरिक समाजका तर्फबाट स्वास्थ्यमन्त्री थिए । उनका छ छोरा र एक छोरी छन् । उनको मङ्गलबार पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मकै गोडिरहेकी झुपाको करेन्ट लागेर मृत्यु

काठमाडौं । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका-८ …

प्रतिकृया दिनुहॊस