चन्द्र भण्डारीको स्वास्थ्य अपडेट- भेन्टिलेटरबाट हटाइँदै, खाना खुवाउन थालियो

काठमाडौँ । कांग्रेस नेता एवम् प्रतिनिधिसभा सदस्य चन्द्रकान्त भण्डारीको स्वास्थ्यमा स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको छ । आगाले जलेर घाइते भएका भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार देखिएको हो ।

भारतको मुम्बईमा उपचाररत उनको अनुहार र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्नेछ । जसकारण तत्कालै अर्को सर्जरी गर्न नपर्ने चिकित्सकहरूले बताएको अस्पताल परिसरमा रहेका कांग्रेस नेता योगराज कँडेलले बताए । उनकाअनुसार भण्डारी होसमा आइसकेका छन् ।

शुक्रबारदेखि नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ । आजबाट भेन्टिलेटरबाट हटाइने तयारी भइरहेको भण्डारीको उपचारको नेतृत्व गरिरहेका डा. मुकेश मिश्रालाई उदृत गर्दै कँडेलले बताए । भण्डारीको आइतबार दिउँसो छातीको फिजियो गराइएको थियो ।

सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो । काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस