आईएमई पे र क्युएफएक्स सिनेमाजबीच मुभी टिकटमा ५० रुपैयाँ पैसा फिर्ता गर्ने सम्झौता

काठमाडाैं । आईएमई पे र क्युएफएक्स सिनेमाजबीच आईएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ। अफरअन्तर्गत ग्राहकवर्गहरूले क्यूएफएक्स सिनेमाजको वेबसाइट र एप्लिकेसनबाट आईएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपैयाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नेछन्।

यो अफर अवधिभरको हरेक बुधबारको खरिदमा मात्र लागू हुनेछ। अफरका लागि निर्दिष्ट गरिएका शर्तअनुसार प्रयोगकर्ताहरुले एक दिनमा एकपल्ट मात्र यो अफरअन्तर्गतको लाभ प्राप्त गर्न सक्नेछन्। त्यसपश्चात् प्रयोगकर्ताहरुले पुनः अर्को बुधबार मात्र सो अफरको फाइदा उठाउन सक्नेछन्।

आगामी दिनहरुका लागि लाइभ भएका टिकटहरु पनि बुधबारका दिन खरिद गर्दा ग्राहकहरुले सो छुट पाउनेछन्। यो अफर क्यूएफएक्स सिनेमाजको ११ वटा हलहरुमा लागू भएको छ।

मंगलबार राजधानी काठमाडौंमा आयोजित सम्झौता आदानप्रदान कार्यक्रममा बोल्दै आईएमई पेका प्रमुख व्यापार अधिकृत आमोद भट्टराईले सो अफर डिजिटल भुक्तानी माध्यममा प्रोत्साहन दिन उचित कदम हुने धारणा पनि व्यक्त गरे ।

त्यस्तै, क्यूएफएक्स सिनेमाजका व्यापार विकास प्रमुख तृप्ति गिरीले आइएमई पेसँग आबद्ध भई यो अफरमार्फत मुभी प्रेमीहरुलाई सहज हुने र अझ बढि ग्राहकहरु आकर्षित हुने विश्वास व्यक्त गरिन्।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस