प्रहरी भन्छ- ‘भण्डारीको घरमा तत्काल प्रहरी पुगेर थप क्षति हुन पाएन’

काठमाडौँ । कांग्रेस नेता एवं सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको ग्यास सिलिन्डर लिक भएर जलेकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार ग्यास लिग भएको शंका लागेपछि आमा हरिकलाले छोरा चन्द्रलाई बोलाएको र चन्द्र गएर वत्ती बाल्दा लिक भएकाे ग्यास सल्किएर दुवैलाई जलाएकाे प्रहरीको प्रारम्भिक अनुमान छ ।

काठमाडौँ बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे उक्त घटना भएपछि प्रहरीको टोली तत्काल घटनास्थल पुगेको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सीताराम रिजालले भने, ‘ग्यास लिक भएर आगो लागेको देखियो । कोठामा अरू सामान जलेको छैन । निभाउने काम भयो । भ्यालको सिसा फुटेको छ । फल्स सिलिङ जलेको छ । घरकाे माथिल्लाे तलामा उहाँका अर्का भाइकाे परिवार हुनुहुँदो रहेछ उहाँहरूलाई केही हुन पाएन । तत्काल प्रहरी पुगेको थियो । थप घटना हुन पाएन ।’

आमा हरिकलाको उपचारका क्रममा बिहीबार बिहान १० बजेर ५८ मिनेटमा मृत्यु भएको छ । नेता भण्डारीको अवस्था पनि गम्भीर भएकाले उपचारका लागि दिउँसाे भारतको मुम्बईस्थित बर्न सेन्टरमा लैजाने तयारी भएको स्वास्थ्य मन्त्रीको सचिवालयका एक सदस्यले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस