आत्मनिर्भर लघुवित्तको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका नेपालीले आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ भर्ने आज दिन रहेको छ।

संस्थाले गत माघ १६ गतेबाट वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओमा आज बैंकिङ समयसम्म आवेदन दिन पाइने छ।

संस्थाले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुन आउने १०० अंकित दरका कुल २ लाख ३ हजार ३८० कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको छ। जसको १० प्रतिशतले हुन आउने २० हजार ३३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्कासन गरिएको हो।

वैदेशिक रोजगारीमा रहेका नेपालीले यो आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि खरिद आवेदन दिन सक्नेछन्। संस्थाले सर्वसाधारणका लागि भने फागुन ११ गतेदेखि आईपीओ जारी गर्नेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री