बसको ठक्करबाट महिलाको मृत्यु भएपछि आफन्तहरूद्वारा सडक अवरुद्ध

काठमाडाैँ । सुर्खेत बसपार्कमा आइतबार दिउँसो बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि आफन्तहरूले आन्दोलित भएका छन् ।

बसले ठक्कर दिँदा जाजरकोटको छेडागाड ६ घर भई वीरेन्द्रनगर ११ बामेखोला बस्दै आएकी ६५ बर्षीया नदी रावत रहेको आफन्तले बताएका छन् ।

आफन्तले विभिन्न माग राखेर आज सुर्खेत बन्द गर्दै सडक अवरुद्ध गरेका छन् । सडक अवरुद्ध हुँदा सुर्खेतबाट छुट्ने गाडीहरू पनि ठप्प भएका छन् । सडकका विभिन्न स्थानमा आफन्तहरूले टायर बालेर नाराबाजी गरिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राष्ट्रपति पाैडेलद्वारा नवनियुक्त प्रधानसेनापति सिग्देललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानसेनापति अशोकराज सिग्देललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । …

प्रतिकृया दिनुहॊस