बढ्यो सुनचाँदीको मूल्य

काठमाडाैँ । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ४ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख ४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुन तोलामा १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार १ लाख ३ हजार १ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज प्रतितोला ४ सय रुपैयाँले बढ्दै १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री