बोटको ब्लुटुथ कलिङ स्मार्टवाच नेपाली बजारमा

काठमाडौं । भारतको वेरेबल ब्रान्ड बोटले नेपाल पोर्टफोलियोमा आफ्नो हियरेबल र वेरेबल क्याटेगोरीतर्फ केही उत्पादन थप गरेको छ ।

बोट एक्सटेन्ड प्रो बलियो र सुन्दर ढंगले बनाइएको १.७८ इन्चको अमोल्ड डिस्प्ले र ३० मिनेटको एएसएपी फास्ट चार्जिङमा १० दिन टिक्ने ब्याट्री रहेको छ । एक्सटेन्ड ब्लुटुथ कलिङलाई इन-बिल्ट स्पिकर पनि रहेको छ । एक डायल प्याड रहेको यस स्मार्टवाचबाट १० वटा सम्पर्कलाई सेभ गर्न र कल गर्न सकिने कम्पनीले जनाएको छ ।

स्मार्टवाच उच्चस्तरीय जीवनशैलीका लागि बनाइएको र यसमा ७०० प्लस एक्टीभ मोड रहेको जनाइएको छ ।

१.६९ इन्चको एचडी कर्भ डिस्प्ले भएको यस BoAt Wave Call मा ब्लुटुथ कल गर्न सकिन्छ । १० दिनसम्मको ब्याट्री ब्याक अप भएको यस स्मार्टवाचमा SpO2 र मुटुको धड्कन पनि ट्र्याक गर्न सकिनुको साथै हाइड्रेसन अलर्ट पनि छ ।

हाल बोट एक्सटेन्ड प्रोको मूल्य ७ हजार ४९९ रुपैयाँ र बोट वेभकलको मूल्य ४ हजार ९९९ रुपैयाँ रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सोमबार पनि ओरालो लाग्यो शेयरबजार

काठमाडौं । साताको दोस्रो दिनको शेयर कारोबारमा बजार परिसूचक नेप्से ५७.९९ अंकले घटेको छ । …

प्रतिकृया दिनुहॊस