एमडीएमएस चाँडो लागु गर्न मोबाइल वितरक संघको माग

काठमाडौं । नेपाल मोबाइल वितरक संघले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली चाँडो लागु गर्न आग्रह गरेको छ । बुधबार काठमाडौंमा एक कार्यक्रम गरी संघले एमडीएमएस प्रणाली तत्काल लागु गर्न सरकारलाई आग्रह गरेको हो ।

एमडीएमएस प्रणाली लागु भए नेपालमा अवैध मोबाइल नभित्रिने र राजस्व पनि बढ्ने संघले जनाएको छ । अहिले अवैध मोबाइल बढी आएकाले सरकारले यसतर्फ ध्यान दिनुपर्ने संघको सुझाव छ । यो प्रणाली लागु नहुँदा राज्यले वार्षिक दुई अर्ब रुपैयाँबराबार राजस्व गुमाएको संघको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री