मेटलाइफ फाउन्डेसनद्वारा पौरखी नेपाललाई ५० हजार अमेरिकी डलर सहयोग

काठमाडाैं । मेटलाइफ फाउन्डेसनले पौरखी नेपाल नामक संस्थालाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ। सम्भावित आप्रवासी, विदेशमै अवस्थित आप्रवासी वा विदेशबाट फिर्ता आएका आप्रवासी महिला उद्यमीहरूको स्वास्थ्य र आर्थिक स्थिरता निर्माण गर्न पौरखी नेपालसँग सम्झौता गरेको हो।

कार्यक्रमअन्तर्गत पौरखीले यी महिलाहरुको जीविकोपार्जनका लागि आर्थिक क्षमता निर्माण गर्ने प्रयासलाई बलियो बनाउन काम गर्नेछन्। अमेरिकी डलर ५०,००० को सहायताद्वारा यस परियोजनाले ४ महत्त्वपूर्ण क्षेत्रहरू जस्तै उद्यमशीलता, वित्तीय सेवाहरूमा पहुँच, स्थानीय बजारमा बिक्री विकास, र सहयोगी शिक्षा प्रदान गर्नेछ।

पौरखीले काठमाडौं, चितवन र मकवानपुर जिल्लाका करिब १५ हजार महिलालाई सहयोग पु¥याउन यस अभियानलाई गम्भीरताका साथ सञ्चालन गर्नेछन् । यो परियोजना एमएससी ग्लोबल कन्सल्टिङसँग समन्वय गरीएको छ, जुन बुटिक परामर्शदाता फर्म हो जसले विगत २० वर्षदेखि अर्थपूर्ण, आर्थिक, सामाजिक र आर्थिक समावेशी गतिविधिहरूमा काम गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री