काठमाडौं । काठमाडौंमा दिनदहाडै घरहरुमा चोरी गर्ने एक महिला पक्राउ परेकी छन् ।
काठमाडौं महानगरपलिका २९ घट्टेकुलोस्थित हेमा रानामगरको घरमा कोठाको ढोका फोडेर विभिन्न गरगहना तथा नगद चोरी गरेको आरोपमा गोरखा घर भई हाल काठमाडौंमा बस्दै आएकी कुसुम थापालाई बिहीबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखाले जानकारी दिएको छ ।
थापाको कोठामा खानतलासी गर्दा चोरी गरेका गरगहनाहरु मध्ये नौ तोला सुनसमेत फेला पारेको प्रहरीले जनाएको छ । उनी यसअघि पनि चोरी मुद्दामा पक्राउ परेकी थिइन् । उनलाई चोरी मुद्दामा गत असोज ६ गते काठमाडौं जिल्ला अदालतबाट धरौटी तिरेर तारिख धाउने गरी रिहा भएकी थिइन् ।
तपाईंको प्रतिकृया




