काठमाडाैं । आर्थिक वर्षको पुस मसान्तसम्म जीवन बीमा कम्पनीहरुले ७१ अर्ब रुपैयाँ बढीको व्यवसाय गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पुस मसान्तसम्म बीमा कम्पनीले ७१ अर्ब ६५ करोड २० लाख ५४ हजार रुपैयाँको व्यवसाय गरेका छन् ।
गत यसै अवधिमा कम्पनीहरुले ७० अर्ब ९१ करोड ३९ लाख रुपैयाँ व्यवसाय गरेका थिए । पुस (एक महिना)मा जीवन बीमा कम्पनीले १२ अर्ब १३ करोडको व्यवसाय गरेका छन् । गत गत पुस (एक महिना)मा जीवन बीमा कम्पनीले १२ अर्ब ८७ करोडको कारोबार गरेका थिए ।
गत पुसको तुलनामा चालु आवको पुसमा जीवन बीमा कम्पनीको व्यवसाय घटेको छ । गत वर्षको तुलनामा यस अवधिमा ९ जीवन बीमा कम्पनीको व्यवसाय गिरावट आएको छ । एसियन लाइफ, सूर्यज्योति, प्रभु, सन नेपाल, मेट, प्राइम, युनियन, गुराँस र रिलायबल लाइफको व्यवसाय घटेको छ । पुस मसान्तसम्म सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले व्यवसाय गरेको छ । कम्पनीले पुस मसान्तसम्म १८ अर्ब ६३ करोडको व्यवसाय गरेको छ ।
त्यसैगरी सबैभन्दा थोरै व्यवसाय महालक्ष्मी लाइफ इन्स्योरेन्सको रहेको छ । कम्पनीले ७५ करोडको व्यवसाय गरेको छ । राष्ट्रिय बीमा संस्थाले ६ अर्ब १४ करोडको व्यवसाय गरेको छ । त्यसैगरी नेशनल लाइफले ७ अर्ब ६८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)ले ८ अर्ब ७२ करोड, मेट लाइफले २ अर्ब ५० करोड, एसियन लाइफले ३ अर्ब ४६ करोड र गुराँस लाइफले १ अर्ब ४३ करोडको व्यवसाय गरेको छ ।
सूर्या लाइफले २ अर्ब ८ करोड, प्राइमले २ अर्ब २६ करोड, आइएमई लाइफले १ अर्ब ९५ करोड, युनियन लाइफले ३ अर्ब ७५ करोड, ज्योति लाइफले १ अर्ब ४७ लाख रुपैयाँको व्यवसाय गरेका छन् । पुस मसान्तसम्म सन नेपालले १ अर्ब ९४ करोड, रिलायन्स लाइफले १ अर्ब ५० करोड, रिलायबल नेपाल लाइफले १ अर्ब ७८ करोड, सिटिजन्स लाइफले २ अर्ब ६६ करोड, सानिमा लाइफले १ अर्ब २४ करोड, प्रभु लाइफले १ अर्ब ३ करोड र महालक्ष्मी लाइफले ७५ करोडको व्यवसाय गरेका छन् ।




