काठमाडाैँ । नेपाल स्टक एक्चेञ्ज (नेप्से)ले ‘नेप्से ३०’ सञ्चालन गर्ने भएको छ। नेप्सेले डेरिभेटीभ मार्केट सञ्चालनको लागि ‘नेप्से–३०’ इन्डेक्सको काम सुरु गरेको हो।
डेरिभेटीभ मार्केट सञ्चालनको लागि ‘नेप्से ३०’को तयारी थालेको नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादु कार्कीले बताए। ‘डेरिभेटीभ मार्केटको लागि ‘नेप्से–३०’ बनाउनुपर्छ,’ उनले भने, ‘नेप्से–३०’ तयार गरिसकेपछि डेरिभेटीभ कारोबार जान्छौँ।’
उनका अनुसार नेप्से–३० ल्याउन सञ्चालक समिति र विज्ञ राखेर छलफल गरिएको छ। उनले नेप्से–३० को ठाँउमा नेप्से–५० पनि पनि हुन सक्ने बताए। ‘यो नेप्से–३० को लागि विज्ञ ल्याएर काम सुरु गरेका थियौं,’ उनले भने, ‘सम्बन्धित कम्पनीको डाटा पूर्ण रुपमा उपलब्ध नहुँदा केही ढिलाई भएको छ।’
कम्पनीहरुसँग अपुन विवरण माग गरेका छौं, विवरण आइसकेपछि थप कार्य अगाडि बढाउँछौं, सीईओ कार्कीले भने । इन्डेक्स तयार पारिसकेपछि डेरिभेटीभ कारोबार जाने कार्कीले बताए। उनका अनुसार इन्डेक्समा इन्टरनेशनल स्टान्डर्डको फलो गरी क्राइट एरिया भित्र पर्ने कम्पनी हुन्छन्। त्यसको लागि क्राइट एरिया बनाउने उनले बताए।
आगामी वैशाखभित्र नेप्से–३० वा नेप्से–५० को सम्पन्न गर्ने योजना रहेको कार्कीले बताए। ‘पुँजी बजारमा सेक्युरीटीजको मात्र कारोबार भइरहेको छ। छिमेकी देशहरुमा धेरै किसिमको ट्रेडिङ हुन्छ’ उनले भने, ‘अब हामी त्यसमा पनि जानुपर्छ भनेर नेप्सेले डेरिभेटीभ कारोबार सुरु गर्न लागिएको हो।’
नेप्सेको टिम नै गएर केही महिनाअघि मुम्बई स्टकमा विज्ञसँग छलफल गरेको थियो।




