सिटिजन्स बैंकका सीईओ पोखरेललाई दोस्रो कार्यकालका लागि निरन्तरता

काठमाडाैं । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गणेशराज पोखरेलले अर्को कार्यकालका लागि पनि निरन्तरता पाएका छन्। बुधबार बैंक सञ्चालक समितिको बैठकले सीईओ पोखरेललाई आगामी ४ वर्ष कार्यकालका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन्।

बैंकमा आबद्ध हुनुअघि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरेका थिए। पोखरेलको व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कृषि प्रवर्द्धन गर्न नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनीबीच समझदारी

काठमाडौं । नबिल बैंक र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि प्रवर्द्धन गर्न समझदारी गरेका छन् …

प्रतिकृया दिनुहॊस