ipo 12khari1614305282/सोनापुर मिनरल्सको आईपीओमा आवेदन दिने समय थप

सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्ने

काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम मूल्यमा प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ जारी) गर्ने भएको छ। कम्पनीको १५ गते अलोफ्ट काठमाडौं ठमेलस्थित छायाँदेवी कम्प्लेक्समा बसेको पाँचौँ वार्षिक साधारणसभाले यससम्बन्धी प्रस्ताव पारित गरेको हो।

सभाले प्रिमियम मूल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्काशन गर्ने पारित गरेको छ । साधारणसभाले सञ्चालक समितिकोे आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ।

साथै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी विवरण तथा नगद प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा ११३ बमोजिम कम्पनी रजिष्टारको कार्यालयबाट आर्थिक वर्ष २०७८÷०७९ को लागि कम्पनीको लेखापरीक्षकमा जोशी एण्ड भण्डारी, चार्टर्ड एकाउन्टेन्टस् (वर्तमान लेखापरीक्षक) लाई गरिएको नियुक्ति अनुमोदन गरेको छ ।

सभाले कम्पनीको सञ्चालकमा नियुक्त भएका दाबा फूटी शेर्पा र अभिनव ज. व. राणाको नियुक्ति अनुमोदन गरेको छ। साथै स्वतन्त्र सञ्चालक श्रीमान कार्कीको नियुक्ति अनुमोदन गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस