काठमाडाैँ । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा ‘भूकम्प’ आउने गलत हल्ला फैलिएपछि स्थानीय नागरिकहरू रातभर घर बाहिरै बसेका छन् । हुम्लाका एक धामीले भूकम्पको हल्ला फैलाएपछि हुम्ला, जुम्ला, मुगुलगायतका जिल्लाहरूका स्थानीय रातभर घर बाहिरै आगो तापेर बसेका हुन् ।
आइतबार राती अबेरबाट फैलिएको हल्लाले स्थानीय नागरिकहरू चिसो मौसममा आगो तापेर घर बाहिर बसेका थिए । रातारात कर्णालीका हिमाली जिल्लामा भूकम्प जाने भन्ने हल्ला व्यापक रूपमा फैलिएको थियो । हुम्ला जिल्ला प्रशासन कार्यालयका अनुसार हल्ला फैलाउने धामीको खोजी कार्य भइरहेको छ।
यो पनि : भूकम्प आउने हल्लाले स्थानीय रातभर सडकमा
तपाईंको प्रतिकृया



