सनराइज बैंकको थप तीन शाखारहित बैंकिङ्ग सेवा विस्तार

काठमाडाैं । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पु¥याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा बिस्तार गर्दै आएको छ।

सोही क्रममा बंैकले रुपन्देही जिल्लाको गैडहवा गाउँपालिका वडा नं.–०३ लौन्डिहवा, कैलाली जिल्लाको लम्की–चुहा नगरपालिका वडा नं.–०६, गुलरा र कावासोती नगरपालिका वडा नं.–१, हिमाल चोक, नवलपरासी (ब.सु.पू)मा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ।

सो तीन शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या १०० पुगेको छ ।

बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाँउबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत एटीएम कार्ड मार्फत कारोबार गर्न सकिने तथा यस सेवाबाट ग्राहक वर्गले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ।

कृषि र रेमिट्यान्स प्रमुख आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ । सनराइज बैंकले हालसम्म १३९ वटा शाखा, १०० वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री