काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खडकाले राष्ट्रपति निर्वाचनको मिति तोक्न निर्वाचन आयोगलाई सुुझाव दिएका छन् । राष्ट्रपति निर्वाचनको मिति घोषणा गरेर संशयको घेराबाट आफूलाई निर्वाचन आयोगले बाहिर निकाल्न उपयुक्त हुने उनले टिप्पणी गरेका छन् ।
‘दायाँबायाँ नसोची, नहेरी । निर्वाचन आयोगले फागुन २८ अगावै सम्पन्न हुने गरी राष्ट्रपतिको निर्वाचनको मिति घोषणा गरेर अहिले यस विषयमा देखिन थालेको संशयको घेराबाट आफूलाई समयमै बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ,’ खड्काले सामाजिक सञ्जालमार्फत भनेका छन् ।राष्ट्रप
तिको कार्यकाल फागुन २८ मा सकिँदैछ । राजनीतिक दलहरु आफू अनुकूलको राष्ट्रपति बनाउनेगरी लागि परेका छन् । सत्ता गठबन्धनले भागबण्डा गर्दा एमालेले राष्ट्रपति लिने समझदारी भएको जनाइएको छ । यद्यपि राष्ट्रियय सहमति गर्नपर्ने भन्दै माओवादीबाट आवाज उठ्न थालेपछि विवाद बढ्ने संकेत देखिएको छ ।
दायाँबायाँ नसाेचि,नहेरि !
निर्बाचन अायाेगले फागुन २८ अगावै सम्पन्न हुने गरि राष्ट्रपतिको निर्बाचनकाे मिति घाेषणा गरेर अहिले यश बिषयमा देखिन थालेकाे संसयकाे घेरा बाट अाफूलाई समयमै बाहिर निकाल्नु संबैधानिक संस्थाकाे गरिमाकाे लागि श्रेयस्कर हुनेछ🌳
यश तर्फ बेलैमा ध्यान जाअाेस 🙏🌳 pic.twitter.com/Rr0f3D4MMf— Purna Bahadur Khadka (@NCPurnaKhadka) January 29, 2023




