दैलेखमा ट्रयाक्टरबाट खसेर युवकको मृत्यु

काठमाडाैँ । मध्यपहाडी राजमार्गअन्तर्गत दैलेखको नारायण नगरपालिका–१ गहतारी नजिक ट्रयाक्टरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेको भे २ त १४७८ नम्बरको ट्रयाक्टरबाट खसेर नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश विकको मृत्यु भएको हो ।

ट्रयाक्टरको टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकसिंह विष्टले जानकारी दिए ।

उनका अनुसार ट्रयाक्टरका चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरवका कृष्णबहादुर विक घटनालगत्तै फरार रहेकाले खोजी भइरहेको छ । मृतक विक पनि ट्रयाक्टर चालक हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री