स्वयम्भूमा ट्याङ्करले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

काठमाडौँ । काठमाडौँको स्वयम्भू नयाँ पुलमा तेल बोक्ने ट्याङ्करले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

गए राति नयाँ पुल चौमतीमा प्रदेश ३–०१–००३०–७५१२ नम्बरको डिजेल बोक्ने ट्याङ्करको ठक्करबाट बा ८१ प १७८६ नम्बरको स्कुटरका चालक काठमाडौँ महानगरपालिका–२४ बस्ने ५५ वर्षका नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मनमोहन मेमोरियल अस्पताल स्वयम्भूमा मृत्यु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री