काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले मन्त्रालयमा स्थापना गरेको दान पेटिकामा ६ लाख ४३४ रुपैयाँ जम्मा भएको छ । आफूलाई भेट्न आउने शुभचिन्तकलाई खादा मालाको सट्टा आर्थिक योगदान गर्न भन्दै मन्त्री किराँतीले कार्यकक्षमा दान पेटिका राखेका हुन् ।
बिदा बाहेकको एक सातामा उक्त रकम संकलन भएको मन्त्री किराँतीले जानकारी दिएका छन् । उक्त पेटिकामा मन्त्री स्वयंले एक महिनाको तलब र सचिवालयका कर्मचारीको आधा महिनाको तलब समेत संकलन गरिएको छ । मन्त्री किराँती अनुसार उक्त दान पेटिका शुक्रबारदेखि बन्द गरिएको छ ।
संकलित रकम शैक्षिक विकास अभियानमा दुर्गम क्षेत्रको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने बताइएको छ । विद्यालय नाम र हस्तान्तरण कार्य चाडै सार्वजनिक गरिने मन्त्री किराँतीले उल्लेख गरेका छन् ।
तपाईंको प्रतिकृया




