इसेवाको कर्मचारी भन्दै १६ लाख ठगीको आरोपमा युवक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले इसेवाको कर्मचारी भएको भन्दै १६ लाख भन्दा बढि ठगीको आरोपमा एक जनालाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै इसेवाको आधिकारीक कर्मचारी हुँ भनि ठगी गर्ने रौतहटका शुभम साहलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

उनले इसेवा आइडी बैंक खातामा लिङ्क गराइने, आइडी नविकरण गर्ने, केवाइसी फर्म अपडेटलगायत बहानामा सेवाग्राहीको अकाउन्टमा अनाधिकृत पहुँच पुर्‍याई १६ लाख १३ हजार ठगी गरेको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरिक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

आफुलाई ठगी गरेको भन्दै ३० भन्दा बढि सेवाग्राहीले उजुरी गरेपछि अनुसन्धान गर्दा साहलाई पक्राउ गरिएको कोइरालाले बताए । घटनाको थप अनुसन्धान भइरहेको र अन्य थप सेवाग्राही ठगीएको हुनसक्ने प्रहरीको अनुमान छ

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस