काठमाडौं । हालै सेञ्चुरी बैंकसँग मर्जर गरेको प्रभु बैंकको सिईओमा अशोक शेरचन पुनः नियुक्त भएका छन् । यसअघि सोही बैंकमा दुई कार्यकाल सिइओ भएर काम गरेका शेरचनको पुनः सिइओ नियुक्त भएका हुन् ।
फाइनान्सको रूपमा खुलेको प्रभुमा स्थापना कालदेखि सिइओ रहेका शेरचनसँग २ दशकको बैंकिङ अनुभव रहेको छ । गत पुष २७ गते सेञ्चुरी कमर्सियल बैंकलाई विलय गरे प्रश्चात सिईओको कार्यकाल थप भएको हो ।
शेरचनलाई पुनः ४ वर्षको लागि सिइओ नियुक्त गरिएकाे बताइएको छ । माघ १५ गतेदेखि लागु हुने गरी शेरचन सिइओ नियुक्त भएका हुन् ।
तपाईंको प्रतिकृया




