सनराइजको चेतनामूलक भिडियो

काठमाडाैँ । सनराइज बैंकले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई बैंकिङ सुरक्षासम्बन्धी जनचेतनामूलक भिडियो ‘कुशल’ हस्तान्तरण गरेको छ । बुधबार एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी अतिरक्त महानिरीक्षक उत्तमराज सुवेदीलाई उक्त भिडियो हस्तान्तरण गरेका हुन् ।

बैंकिङ पहुँच बढ्दै गएको हालको अवस्थामा बैंकिङ सुरक्षा सतर्कता अपनाउनु पनि उत्तिकै आवश्यक देखिएकाले उक्त भिडियो हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

साधारण बैंकिङसम्बन्धी जानकारीहरूको अभावमा मानिसहरू विभिन्न झमेलामा परिरहेका छन् । हाल समाजमा देखिएका घटनाहरूलाई उदाहरण बनाई, बैंकिङ र डिजिटल बैंकिङमा अपनाउनुपर्ने सावधानीहरू समेटेर बैंकले ‘कुशल’ नामक चेतनामूलक भिडियो बनाएर केन्द्रीय अनुसन्धान व्युरोलाई हस्तान्तरण गरेको हो ।

उक्त भिडियोमा हाल समाजमा देखिएका घटनाहरूलाई उदाहरण बनाई विभिन्न बैंकिङ सुरक्षासम्बन्धी चेतनामूलक जानकारी, घटना र कथामार्फत प्रस्तुत गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत शर्माले बताए ।

उक्त भिडियो प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत देशैभरि फिँजाउने तथा बैंकले विभिन्न सामाजिक सञ्जालमार्फत समाजमा पुर्‍याएर चेतना बढाउन मद्दत गर्ने जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री