नैतिकता छ भने सरकारबाट राजीनामा दिनुपर्छ : थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्रीले कानुनमन्त्रीलाई स्पष्टीकरण सोध्ने विषयमा कडा टिप्पणी गरेका छन् । उनले राप्रपाप्रति नैतिक प्रश्न उठाउँदै राजीनामा दिन सक्नुपर्ने बताएका हुन् ।

अध्यक्ष थापाले त्यसो गर्न नसके आफ्नो एजेण्डा परिवर्तन गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेको घोषणा गर्नुपर्ने टिप्पणी गरे । ‘प्रधानमन्त्रीको यो स्पष्ट अभिव्यक्तिपछि संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्धमा रहेका दलहरूले नैतिकता छ भने सरकारबाट राजीनामा दिनुपर्छ वा आफ्नो एजेण्डा परिवर्तन गरी संघीय लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेको घोषणा गर्नुपर्छ’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयताविरोधी अभिव्यक्ति दिने कानुन न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानलाई स्पष्टीकरण बताएका थिए । मन्त्री प्रधानले केही दिनअघि एक टेलिभिजन च्यानललाई अन्तर्वार्ता दिने क्रममा पनि उनले संघीयता खारेज हुनुपर्ने धारणा राखेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सभामुखले बोलाएको बैठकमा संसदीय छानबिन समिति बनाउनेबारे जुटेन सहमति

काठमाडौं । सभामुख देवराज घिमिरेले सिंहदरबारमा राखेको शीर्ष नेताहरूको बैठक विना निष्कर्ष सकिएको छ । …

प्रतिकृया दिनुहॊस