काठमाडाैँ । सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंक लि.ले ललितपुर जिल्ला, लगनखेल स्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ।
बैंकले सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवाल ज्यूले उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका थिए।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्चपदस्थ कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो। सो एक्सटेन्सन काउन्टरको स्थापना भएसँगै बैंकको हाल सम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।
तपाईंको प्रतिकृया




