काठमाडौँ । चलचित्र ‘प्रसाद-२’ फेरि विवादमा तानिएको छ । कास्कीको माछापुच्छ्रेमा भएको सुटिङमा एक जना कोरस डान्सर ढलेपछि पनि निर्माता युनिटले बेवास्ता गरेको भन्दै अहिले विवादित बनेको हो ।
चलचित्र टिमले मानवीय संवेदना नदेखाएको भन्दै सामाजिक अभियन्ता गिभिना मगरले सामाजिक सञ्जालमा एउटा भिडियो पोष्ट गरेकी छन् । उनले अभिनेत्री केकी अधिकारी र अभिनेता विपिन कार्कीमाथि आरोप लगाएकी छन् ।
मगरका अनुसार फिल्मको गीतको सुटिङका क्रममा नाच्दै गरेकी सपना नाम गरेकी युवती बेहोस भएर लड्दासमेत निर्माण पक्ष तथा कलाकारहरूले बेवास्ता गरेको बताएकी छन् । समयमा अस्पताल नपुर्याउँदा युवतीको एउटा खुट्टा र हात पुरै नचल्ने भएको पनि मगरले बताएकी छिन् ।
प्रतिकृया दिनुहॊस