काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नाफा गत वर्षको यसै अवधिको तुलनामा ३२.११ प्रतिशतले घटेको छ । गत वर्षको पुस मसान्तसम्म एक अर्ब २३ करोड रूपैयाँभन्दा बढी खुद नाफा गरेको बैंकले यस वर्ष ८४ करोड १३ लाख रूपैयाँ नाफा आर्जन गरेको हो छ ।
यस वर्ष बैंकको इम्पेरमेन्ट चार्ज बढ्दा सञ्चालन नाफा घट्न गई खुद नाफामा असर परेको हो । गत वर्ष सात करोड २३ लाख रूपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष ६१ करोड ९२ लाख रूपैयाँभन्दा बढी रहेको हो । यसका कारण गत वर्ष एक अर्ब ६९ करोड ५८ लाख रूपैयाँभन्दा बढी सञ्चालन नाफा गरेको बैंकले यस वर्ष एक अर्ब १९ करोड १९ लाख रूपैयाँ सञ्चालन नाफा गरेको छ ।
बैंकको चुक्तापुँजी हाल १४ अर्ब २० करोड ९ लाख रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग १० करोड ७१ लाख रूपैयाँ रहेको बैंकको जगेडा कोष रकम ५ अर्ब ६४ करोड ७२ लाख रूपैयाँ रहेको छ । बैंकले पुस मसान्तसम्म एक खर्ब ५९ अर्ब ४८ करोड रूपैयाँ निक्षेप संकलन गरेको छ । एक खर्ब ३८ अर्ब ५७ करोड रूपैयाँ कर्जा प्रवाह गरेको छ ।




