काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमाससम्म एनआईसी एशिया बैंकले तीन अर्ब २७ करोड ३३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा उक्त नाफा ३६.२७ प्रतिशतले वृद्धि भएको हो । बैंकले माघ ७ गते (आज) सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार गत वर्षको सोही अवधिमा दुई अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकले ब्याज अम्दानीमार्फत ६ अर्ब २९ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यसै अवधिमा यस्तो आम्दानी पाँच अर्ब २४ करोड १६ लाख रुपैयाँ थियो ।
यस वर्ष बैंकको इम्पेरमेन्ट चार्ज घटेसँगै नाफा वृद्धिमा सहयोग पुगको हो । बैंकको सञ्चालन नाफा पनि वृद्धि भएको छ । वित्तीय विवरण अनुसार इम्पेरमेन्ट चार्ज ४७ करोड ९६ लाख रुपैयाँ ऋणात्पमक रहेको छ । गत वर्षको यसै अवधिमा यस्तो चार्ज ३४ करोड २० लाख रुपैयाँ थियो ।
बैंकले तीन अर्ब ४२ करोड पाँच लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो भने यस वर्ष चार अर्ब ६९ करोड ३४ लाख रूपैयाँ सञ्चालन नाफा गरेको छ । यस अवधिमा बैंकले तीन खर्ब पाँच अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । दुई खर्ब ५६ अर्ब ८६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकको चुक्तापुँजी हाल ११ अर्ब ५६ करोड ४० लाख रूपैयाँ रहेको छ । रिटेन्ड अर्निग तीन अर्ब ७५ करोड २४ लाख रूपैयाँ रहेको बैंकको जगेडा कोष रकम १२ अर्ब ८९ करोड ६७ लाख रूपैयाँ रहेको छ ।
बैकको खराब कर्जा ०.६१ प्रतिशत रहेको छ । गत वर्षको यसै अवधिमा यस्तो खराब कर्जा ०.४७ प्रतिशत थियो ।




