काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिविलिटी कम हुँदा जहाजहरूलाई अवतरणमा समस्या भएको छ । बिहान बाहिरबाट आएका जहाज अवतरणमा समस्या भएको हो ।
भिजिविलिटी कम भएकाले विभिन्न ठाउँबाट आएका आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका जहाजहरू डाइभर्ट गर्नु परेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जनाएका दिए । उनकाअनुसार नेपालगञ्जबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको विमान झापा पुगेको छ भने मलेसियाको क्वालालम्पुरबाट आएको नेपाल वायु सेवा निगमको जहाज पनि कलकत्तामा अवतरण गरिएको छ ।
आरएनए ४१६ जहाज काठमाडौंमा अवतरण हुन नसकेपछि पश्चिम बंगालको कलकत्तामा पुगेको हो । जहाज काठमाडौं आइपुग्दा विमानस्थलको भिजिबिलिटी १५०० मिटर मात्रै थियो । अहिले १६०० पुगेको छ । केही जहाज आकाशमै होल्ड गरिएका छन् ।
तपाईंको प्रतिकृया




