यती एयरलाइन्सका पाइलट कमल केसीको पशुपतिमा अन्तिम संस्कार

काठमाडौँ । यती एयरलाइन्सकै वरिष्ठ प्रशिक्षक पाइलट कमल केसीको पशुपतिमा अन्तिम संस्कार गरिएको छ ।

आइतबार काठमाडौंंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थल नजिकै अवतरणको क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित ७२ जना सवार थिए ।

जहाजमा सवार सबैको मृत्यु भएको छ । कास्कीको रुपा गाउँपालिका–१ फल्याङकोटमा २०१९ साल कात्तिक ४ गते जन्मिएका केसीले ३२ वर्षदेखि जहाज उडाउँदै आएका थिए । अमेरिकाको टेक्ससबाट पाइलट कोर्स पूरा गरेर फर्किएका उनले २०४६ सालदेखि निरन्तर नेपाली आकाशमा विमान उडाइरहेका थिए ।

पाइलट केसीले भारतमा केही समय उडान गरेका थिए । उनै केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो उडान पनि गरेका थिए । पाइलटका प्रशिक्षक पनि थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री