काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले हवाई दुर्घटनाको छानबिनमा पूर्ण सहयोग रहने बताएका छन् । संसद्मा प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतकले पोखरा विमान दुर्घटनाबारे जानकारी गराउन अनुरोध गरेपछि बोल्दै मन्त्री किराँतीले यस्तो बताएका हुन् ।
उनले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउनका लागि गम्भीर छलफल भएकाे जानकारी गराए । ‘दुर्घटनाले देश स्तब्ध भएको छ । यस्ता दुर्घटना नदोहाेरिउन भन्नका लागि सरकारले पहल गर्छ,’ मन्त्री किराँती भने, ‘दुर्घटनाको छानबिनका लागि गठित समितिलाई पूर्ण सहयोग रहन्छ । प्रतिवेदन कार्यान्वयन हुन्छ ।’
तपाईंको प्रतिकृया




