काठमाडौं । सरकारले उखुको मूल्य तोकेको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । उखुको मूल्य प्रतिक्वीन्टल ५४० रुपैयाँ तोकेको छे भने उखुको ढुवानी भाडा प्रतिक्वीन्टल ७० रुपैयाँ सरकारले बेहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिएका छन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विभूषण प्रदान गर्ने मापदण्ड निर्माणका लागि गठित समितिको नाम पछि सार्वजनिक गर्ने बताए । ‘विभूषणका सम्बन्धमा स्पष्ट मापदण्ड बनाएर त्यो विभूषण प्राप्त गर्नेले गर्वबोध गरोस् र राज्यले विभूषण प्रदान गर्दा पनि आफ्नो क्षेत्रका, आफ्नो विधाका सम्मानित व्यक्तित्वलाई दिने कुरा सुनिश्चित होस् भनेर विभूषणका विषयमा अध्ययन समति गठन गर्ने निश्कर्षमा मन्त्रिपरिषदको आजको बैठक पुगेको छ’ उनले भने ।
उनका अनुसार सरकारका प्रवक्तामा सूचना तथासञ्चार मन्त्री रेखा शर्मालाई तोकिएको छ । अर्को बैठकदेखि शर्माले नै मन्त्रिपरिषद्को निर्णय सुनाउने छिन् । त्यसै गरी बैठकले दुई जना सचिवको पनि सरुवा गरेको छ ।




