देवराज घिमिरे एमालेबाट सभामुखको उम्मेदवार

काठमाडौं । नेकपा एमालेले स्थायी समिति सदस्य देवराज घिमिरेलाई सभामुखको उम्मेदवार बनाएको छ । बिहीबार हुने सभामुखको चुनावका लागि बुधबार दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी मनोनयन गर्ने कार्यतालिका छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको ठाडै प्रस्तावमा घिमिरे सभामुखको उम्मेदवार बनाइएको एमालेका एक पदाधिकारीले जानकारी दिए । ‘हाम्रो पार्टीले देवराज घिमिरेलाई सभामुख उम्मेदवार बनाउने निर्णय गरको छ,’ उनले भने ‘यो अध्यक्षको ठाडै प्रस्ताव हो, उहाँले अहिले देवराजजीलाई सभामुख बनाउ भनेर भन्नुभयो ।’

झापा क्षेत्र नम्बर २ बाट निर्वाचित घिमिरे अध्यक्ष ओलीका विश्वासपात्र मानिन्छन् । यसअघि एमालेबाट उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव छविलाल विश्वकर्मा र नेता विद्या भट्टराई सभामुख बन्ने चर्चा थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री