माछापुच्छ्रे बैंकले ल्यायो एसएमएस प्रमाणीकरण प्रविधि

काठमाडाैँ । माछापुच्छ्रे बैंक लि. ले आफ्नो मोबाइल बैंकिङ्ग एप एमबीएल एम स्मार्टलाई अझ बढि सुरक्षित र भरपर्दो बनाउने उद्देश्यका साथ नयाँ प्रविधि थप गरेको छ।

बैंकले पछिल्लो समय मोबाइल बैंकिङ्ग एप मार्फत देखिएका विभिन्न शंकास्पद गतिविधिहरु र अनधिकृत कारोबारहरु कम गर्न र ग्राहकलाई सुरक्षित राख्न आफ्नो मोबाइल बैंकिङ्ग एप एम.बी.एल एम स्मार्र्टमा नेपाल मै पहिलोपटक उच्च सुरक्षा सतर्कताका साथ एस.एम.एस प्रमाणीकरण प्रविधि थप गरेको हो।

मोबाइल बैंकिङ्गमा हाल ओटीपी सेयरमार्फत सबैभन्दा धेरै अनधिकृत कारोबारहरु भइरहेको पाइएको छ। विभिन्न लक्की ड्र, ठुलो रकमको चिठ्ठा परेको लगायतका प्रलोभन देखाएर आफ्नो मोबाइलमा प्राप्त हुने ओटीपी सेयर गर्न लगाई ह्याक्रहरुले ठूलो मात्रामा अनधिकृत कारोबारहरु गरिरहेको पाइएको अहिलेको समयमा उक्त समस्यालाई रोक्नका लागि आफ्ना्े एपमा नयाँ प्रविधिको सुरुवात गरेको हो।

बैंकले यस प्रविधिको सुरुवात गरेसँगै ग्राहकबाट ओटीपी प्राप्त गरी मोबाइल बैंकिगमा पहुँच प्राप्त गर्ने सम्भावना बन्द भएको छ। बैंकले यो सेवा थप गरेसँगै बैंकका ग्राहकहरुको मोबाइल बैंकिङ्ग सेवा थप सुरक्षित र भरपर्दो बन्न पुगेको छ।

स्मार्ट बैंकको रुपमा बैंकले आफ्ना ग्राहकहरुलाई सहज र सुरक्षित डिजिटल भुक्तानीका माध्यमहरु प्रदान गर्दै आएको र विभिन्न बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न बैंकको कार्यालय सम्म पुग्नै नपर्ने गरी सेवा प्रदान गरिरहेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री