सुनवलमा ट्रकसँग ठोक्किँदा भ्यान चालकको मृत्यु, एक घाइते

काठमाडाैँ । पश्चिम नवलपरासीको सुनवलमा बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ स्थित जंगलमा ना ४ च ९६३१ नम्बरको पिकअप भ्यान र विपरीत दिशाबाट आइरहेको ना ५ ख ९७१५ नम्बरको ट्रक एकासपमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेका अनुसार पिकअप भ्यानका चालक चितवन भरतपुर महानगरपालिका १४ शिवनगरका ५२ वर्षीय राजकुमार विकको मृत्यु भएको हो । दुर्घटनामा घाइते विकलाई उपचारका लागि पृथ्वीचन्द्र अस्पताल परासी लगिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–१४ शिवनगरका शिव श्रेष्ठको रुपन्देहीको देवदह मेडिकल कलेजमा उपचार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री