अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्ने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्ने भएका छन् ।मन्त्री पौडेलले ‘पढ्दै कमाउदै’ परियोजनाको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्ने भएको गैरआवासीय नेपाली संघले जनाएको छ।

आइतबार साँझ नेपाली समय ५ बजेपछि भर्चअल प्रविधिमार्फत आयोजना हुने सो अन्तरक्रिया कार्यक्रमलाई संघका पूर्वअध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, कुमार पन्तलगायत एक दर्जन सांसदसहित करिब डेढ दर्जन वक्ताले सम्बोधन गर्ने भएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री