मकवानपुरमा दुर्घटना : स्कुटरमा सवार तीन युवाको ज्यान गयो

काठमाडाैँ । पूर्व पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका-९ भलादमी चोक नजिक सवारी साधनको ठक्करबाट ३ जनाको मृत्यु भएको छ । बिहीबार राति करिब १० बजेतिर ना ३९ प १४३९ नम्बरको स्कुटरलाई कुै सवारी साधन ठक्कर दिँदा ३ जनाको मृत्यु भएको हो ।

स्कुटरमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका-३ का रुपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता टेकबहादुर कार्कीले बताए । उनकाअनुसार ठक्कर दिने सवारी साधनको अहिलेसम्म पहिचान हुन सकेको छैन ।

घटनाको विषयलाई लिएर स्थानीयले राति करिब ३ घण्टा राजमार्ग अवरुद्ध गरेका थिए । ठक्कर दिने सवारी साधनको तत्काल पत्ता लगाउने सहमतिमा राजमार्ग खुलाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री