काठमाडौं । महालक्ष्मी विकास बैंकले हिम इलेक्ट्रोनिक्स(सामसङ्ग डिजिटल प्लाजा)सँग सम्झौता गरेको छ ।
सम्झौता पत्रमा कम्पनिका तर्फबाट प्लाजा प्रबन्धक निकिता शर्माले र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभागका प्रमुख बसन्त बक्सीले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले सामसङ्ग डिजिटल प्लाजाका दरबारमार्ग, बानेश्वर, बौद्ध, भक्तपुर, पुल्चोक र खुसिबुशाखाहरु मार्फत विभिन्न विद्युतीय सामाग्रीहरुको खरिदमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले सामसङ्ग प्लाजाबाट कन्जयुर इलेक्ट्रोनिक्स हरुको खरिदमा १५ प्रतिशत र मोबाइल फोनको खरिदमा ५ प्रतिशतको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।
तपाईंको प्रतिकृया




