प्रभु बैंकको अध्यक्षमा नियुक्त सिटौलाले गरे पदभार ग्रहण

काठमाडाैं । प्रभु बैंक लिमिटेड सञ्चालक समितिको अध्यक्षमा लीलाप्रकाश सिटौला नियुक्त भएका छन् । पुस २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई सञ्चालक समितिको अध्यक्ष पदमा चयन गरेको थियो ।

बैंकको स्वतन्त्र सञ्चालकका रुपमा नियुक्त भएका उनले बिहीबार पदभार ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिएसँगै सिटौलाले आजै अध्यक्षको पदभार ग्रहण गरेका हुन् ।

नेपालको बैंकिङ क्षेत्रमा लामो कार्यानुभव सँगालेका उनले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि हासिल गरेका छन् । नेपाल राष्ट्र बैंकमा २५ वर्षको सेवा अवधि पूरा गरी कार्यकारी निर्देशक पदबाट सेवा निवृत्त भएका उनले कृषि विकास बैंकमा ४ वर्ष प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए ।

सिटौलाले उक्त अवधिमा नेपालका वाणिज्य बैंकहरुको छाता संगठन, नेपाल बैंकर्स संघको कार्यसमितिमा रही कार्य गरिसकेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री