हवाई इन्धनको मूल्य घटेपछि घट्यो हवाई भाडा

काठमाडौँ । वायु सेवा सञ्चालक संघले हवाई भाडा घटाउने निर्णय गरेको छ । इन्धनको मूल्य घटेसँगै संघले हवाई भाडा घटाउने भएको हो । नेपाल वायु सेवा निगमले हवाई इन्धनको मूल्यमा सोमबारदेखि २० रुपैयाँ कटौती गरेको छ ।

यो सँगै सबैभन्दा बढी भाडा रहेको काठमाडौँ–धनगढीको हवाई भाडा सबैभन्दा बढी ८८५ रुपैयाँले घटेको छ । यो रुपको भाडा ८ हजार ३९५ रुपैयाँ रहेको थियो । अब ७ हजार ५ सय १० रुपैयाँ भएको छ ।

त्यस्तै काठमाडौँबाट हुने माउन्टेन फ्लाइटको भाडा ६८५ रुपैयाँ घटेर अधिकतम भाडा १४ हजार २०५ रुपैयाँ कायम गरिएको छ । काठमाडौँ भद्रपुरको हवाइ भाडा ६०० रुपैयाँ घटेको छ ।

त्यस्तै काठमाडौँबाट सुर्खेत जान लाग्ने भाडामा ६९० रुपैयाँ कम भएको छ । काठमाडौं–विराटनगर रुटमा ४८५ रुपैयाँ, काठमाडौँ–भैरहवा ४१०, काठमाडौँ–नेपालडन्ज ६५५, काडमाडौँ–पोखरा रुटमा ३२० रुपैयाँ, काठमाडौँ–जनकपुर रुपमा २६० रुपैयाँ, ककाठमाडौँ भरतपुरका लागि २१५ रुपैयाँ भाडा घटेको छ । नयाँ भाडादर पुस २७ गतेबाट लागु हुने संघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पौने चार करोडको कोकिनसहित ठमेलबाट विदेशी महिला पक्राउ

काठमाडौं । अवैध लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहका सदस्य १ के.जी १०१ ग्राम कोकिनसहित पक्राउ …

प्रतिकृया दिनुहॊस