देशको अखण्डताका लागि संघीयता चाहिन्छ : सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता डा. चन्द्रकान्त राउत (सीके राउत) ले आफूलाई संसदमा उभिएर बोल्न पाउँदा नयाँ अनुभूति भएको बताएका छन् । प्रतिनिधि सभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने- ‘जुन ठाउँमा कुनै बेला मेरो नाम मात्रै लिन पनि निषेध गरिएको थियो, आज त्यही ठाउँमा उभिएर बोल्न पाउँदा नयाँ अनुभूति भइरहेको छ । यो अवसर प्रदान गर्न लोकतान्त्रिक व्यवस्था र जनताको अभिमतलाई म सर्वप्रथम धन्यवाद दिन चाहन्छु ।’

उनले देश निर्माणका क्रममा बलिदानी गरेका आफ्ना साथीहरुलाई सम्झिए । उनले आफ्नो क्षेत्रका सांसदहरुलाई पनि सम्झिए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न अग्रज नेताहरुले गरेको आन्दोलन र बलिदानीप्रति उनले सम्मान जनाए ।

नेपाल विविधतायुक्त देश भएकोले यस देशको अखण्डताका लागि संघीयता अत्न्तै आवश्यक भएको उनले बताए । गणतान्त्रिक व्यवस्थाप्रति जनमत पार्टीको उच्च सम्मान रहेको बताउँदै उनले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा रहेको समस्या समाधानमा लाग्ने प्रतिवद्धता व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

धनगढीमा ३६ किलो चरेस बरामद, मान्छे किन समातिएन ?

काठमाडाैं । धनगढीमा प्रहरीले ३६ किलाे चरेस बरामद गरेकाे छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी …

प्रतिकृया दिनुहॊस