काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारलाई बिचौलियाको सेटिङ भत्काउन आग्रह गरेका छन् । मंसिर ४ मा भएको निर्वाचनबाट बनेको प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले हरेक क्षेत्रमा बिचौलिया सक्रिय रहेको बताए । महँगी, कालोबजारी र भ्रष्ट्राचार नियन्त्रण गर्नुपर्ने उनको माग छ । उनले मिटरब्याजीहरुले जनताको जीवनलाई नर्कतुल्य बनाएको भन्दै सरकारको ध्यानाकर्षण गरे । उनले सरकारको बोली र व्यवहारमा सामञ्जस्यता हुनुपर्ने बताएका छन् ।
अध्यक्ष नेपालले छिनछिनमा सरकार परिवर्तन होस् भन्ने आफ्नो चाहना नभएको बताएका छन् । उनले मुलुकमा स्थायित्वको आवश्यकता रहेको बताएका छन् । समाजवादको मूल्य र मान्यतालाई आत्मसात गर्दै समृद्धिको बाटोमा अगाडि बढ्नु पर्ने आवश्यकता रहेको उनले औँल्याए ।
प्रतिकृया दिनुहॊस