संसद्‌मा रविको पहिलो सम्बोधन- हामीले पाएको मत निराशाको होइन, आशाको हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने जनमतको कदर गर्दै आफूहरू सरकारमा गएको बताएका छन् । प्रतिनिधि सभाको बैठकलाई पहिलो पटक सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले सधैँ सरकारको प्रतिपक्षी भएर आवाज उठाउनेले सरकारमा जान हतारो गरेको प्रश्न आफूहरूलाई भए पनि जनमतको कदर गर्दै सरकारमा गएको स्पष्ट पारेका छन् ।

उनले भने, ‘नेपालको राजनीतिक इतिहासमा एक पार्टीको उदय ठूलो कुरा होइन होला । तर हामीले छोटो अवधिमै यो साथ र सहयोग पाएका छौँ यो हाम्रो लागि ठूलो कुरा हो । हामी सधैँ खरो प्रतिपक्षीको कुरा गर्थ्यौ तर मौका पाउने बित्तिकै सरकारमा गएको भन्ने प्रश्न पनि उठेको छ । यो स्वाभाविक हो । तर हामीले जनमतलाई कदर गरेका हौँ । जनताले हामीलाई दिएको यो आशाको मत हो । यो मतको सही सदुपयोग गर्न हामी सरकारमा गएका हौँ ।’

लामिछानेले आम जनताका न्यूनतम आवश्यकता पूरा गर्न निर्मम भएर लाग्ने बताए । उनले भने, ‘यो जनताले दिएको मत अनुसार साझा कार्यक्रम बनाएर हामी सरकारमा गएका हौँ । हामी जनताका आवश्यकता पूरा गर्न सरकारमा छौँ । न्यूनतम साझा कार्यक्रमले जनताका पक्षमा खरो भएर काम गर्नेछ ।’ संसद्मा उपस्थित हुने अवसर दिलाउने मतदातालाई धन्यवाद दिँदै लामिछानेले विगतमा संसद्ले गरेका कामको पनि समीक्षा हुनुपर्ने बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सामाजिक सञ्जालबाट अर्काको चरित्र हत्या गरेको भन्दै धनगढीकी जानकी पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । …

प्रतिकृया दिनुहॊस