कुन प्रदेशमा कसको सरकार ? (सूचीसहित)

काठमाडौँ । सत्तारुढ गठबन्धनमा प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने गरी भागबन्डा मिलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले एमाले ४, मा‌ओवादी केन्द्र २ र मधेस प्रदेशमा जनता समाजवादी पार्टी र जनमत पार्टीबीच मुख्यमन्त्री आलोपालो गर्ने सहमति गरेको हो । तर, प्रदेश १, गण्डकी, लुम्बिनी र कर्णालीमा भने आलोपालो हुने छैन ।

  • यस्तो छ सहमति

मुख्यमन्त्री:
प्रदेश १ – एमाले
मधेश – जनता समाजवादी अनी जनमत पार्टी आलोपालो
बाग्मती – माओवादी अनी एमाले आलोपालो
गण्डकी – एमाले
लुम्बिनी – एमाले
कर्णाली – माओवादी केन्द्र
सुदूरपश्चिम – एमाले अनी माओवादी आलोपालो

सभामुख:
प्रदेश १ – माओबादी
मधेस – एमाले
बाग्मती – राष्ट्रिय प्रजातन्त्र पार्टी
गण्डकी – माओबादी
लुम्बिनी – माओबादी
कर्णाली – एमाले
सुदूरपश्चिम – माओवादी

उपसभामुख:
प्रदेश १ र गण्डकी – एमाले
मधेश प्रदेश- जनमत पार्टी
बागमती र कर्णाली – माओवादी
लुम्बिनी – राप्रपा
सुदूरपश्चिम- नागरिक उन्मुक्ति पार्टी ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री